बिष्णु खत्री र बिष्णु माझीको ‘खरैको झुपडी’ बोलको दशै तिहार गीत बजारमा (भिडियोसहित)

मत बरु भोकै नि सुत्थे छोराछोरी सानै छन् के बुझ्थे,

खरैको झुपडी बार्ने केले हो ,

दशैं तिहार आयो छोरा छोरी रुन्छन् टुहुरा झै हुन्छन्,

पैसा छैन घर खर्च टार्ने केले हो,

टोपी फाट्यो, डाक्दैन टाउको नी,

कति गोडा ढोगम खै साउको नि ,

खरैको झुपडी बार्ने केले हो ,

दशैं तिहार आयो छोरा छोरी रुन्छन् टुहुरा झै हुन्छन्,

पैसा छैन घर खर्च टार्ने केले हो,

यी मर्मस्पर्शी शब्द हुन्, सुनिल के.सीको दशैतिहार खरैको झुपडी बोलको गीतको । यस गीतमा लामो समयपछि बिष्णु खत्री र बिष्णु माझीले एक साथ गाएका छन् । गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ ।

पछिल्लो समय उत्कृष्ठ गीतहरु बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले यो गीतलाई बजार व्यवस्थापन गरेको छ । यसअघिका गीत जस्तै यो गीतले पनि दर्र्शक स्रोताको मन जित्ने मालती डिजिटलका प्रबन्ध निर्देशक रामु खड्काको दाबी छ ।

गीतमा गणेश अधिकारीको लय रहेको छ भने, शब्द सुनिल के.सी रहेको छ । अनु श्रेष्ठ र विपेश घिमेरेको अभिनय रहेको यस गीतको निर्देशन भने कपिल लामाले गर्नुभएको छ । छायांकनमा सुरेश श्रेष्ठ, सम्पादन अमर शाक्यले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित