गायक राजेश पायलले खोले रियालीटी शो नेपाल आइडलको पोल

काठमाडौं – गायक राजेश पायल राईले नेपाल आइडलको भित्री कुरा बताउनुभएको छ । नेपाल आइडलमा सहभागि भएर प्रतिक्रिया दिएपछि निकै चर्चा र प्रशंसा कमाउनुभएका उहाँले आफुले बोलेका कतिपय कुरा काटीएको गुनासो गर्नुभएको छ ।

नेपाल आइडलका जजहरुकै विषयमा सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आउनुभएका उहाँले नेपाल आइडलको मञ्चमा पुगेर बोलेका पनि कतिपय कुरा काटिएको खुलासा गर्नुभएको छ ।

आलोचना नगरेको भए नेपाल आइडलको स्तरीयता कमजोर हुन सक्थ्यो भनेर आफुले दिएको अभिव्यक्ति काटिएको राजेश पायल राईले दाबी गर्नुभएको छ।

उहाँ भन्नुहुन्छ , ‘नेपाल आइडललाई सोध्नुस्, मैले बोलेका कतिपय कुराहरु काटिएका छन् । त्यी कुराहरु पनि प्रसारण भइदिएको भए राम्रो हुने थियो ।’

नेपाल आइडल गर्वको विषय भएपनि बाँकी रहेका प्रतिष्पर्धीहरुको वास्तविक प्रतिष्पर्धा नेपाल आइडल सकिएपछि हुने उहाँको भनाई छ ।

नेपाल आइडल बन्नु गर्वको कुरा हो तर संगीत क्षेत्रमा कसले बाजी मार्छ भन्ने कुरा चाहिँ उसको लगाव र संघर्षले देखाउनेमा उहाँको विश्वास गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित