शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई द्रुतगतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुरु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सकिने पनि एनसेलको दावी छ ।

नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजेदेखि बिहान ५ बजेसम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबिदेखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० देखि १५ हजार रुपैयाँ सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि डेटा प्याक सञ्चालन गर्न सक्नेछन् ।

कम्पनीका अनुसार कुनै पनि डेटा प्याक सञ्चालन गर्ने दग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १०० मा ५०० रुपैयाँ एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्ने र बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुने एनसेलले जनाएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु १० मा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सञ्चालन गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजालिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० रुपैयाँमा २०० एमबि र ७० रुपैयाँमा मा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटा पाउन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले एकसय रुपैयाँमा ५०० एमबि, तीनसय रुपैयाँमा १२५० एमबि, पाँचसय रुपैयाँमा २५०० एमबि र १५ सय रुपैयाँमा मा १०००० एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सञ्चालन गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्ने कम्पनीको दावी छ । यसका साथै नाइट प्याक सञ्चालन गर्ने ग्राहकले त्यही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यो योजना भदौ २१ गतेदेखि ९० दिनको लागि लागु हुने र फोरजी बोनस ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया