शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने आयोजकले बताएको छ ।

गत हप्ताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको जनाएको छ ।

नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी रहेका छन् ।

बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सूचना
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लोगिन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका इस्तरीय शो बन्द गराएर विदेशी परनिर्भतालागी समाज बिगार्ने दलालबाट जोगियौ.

तपाईको प्रतिक्रिया