जापानमा कलाकर्मीहरु संगठित हुँदै

दोहोरीगीत प्रतिष्ठानको जापान शाखा गठन हुने

टोकियो – जापानमा रहेर नेपाली लोकगीत तथा दोहोरीगीत संवद्ध कलाकर्मीहरु पहिलो पटक संगठित हुने भएका छन् ।

यहि सेप्टेम्बर १० तारिख आईतबारका दिन कलाकारहरुको एक भेला गरी नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको जापान शाखा गठन हुने भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील पुराना तथा नयाँ कलाकार देखि भर्खरै बामे सर्दै गरेका नयाँ पुस्ताका कलाकारहरुलाई गोलबन्द गरी अग्रजको अनुभव र नयाँ पुस्ताको जोशलाई नेपाली गीत संगीतको संरक्षण र संबर्द्धनको निम्ति प्रतिष्ठानमा आबद्ध हुन आवश्यक रहेको भन्दै बिगत २, ३ वर्षबाटै केही अग्रज कलाकारहरुले यस कार्यमा पहल गर्दै आएका थिए ।

प्रतिष्ठानको बिधानअनुसार प्रथम भेलाबाट तदर्थ समिति गठन गरिने तैयारी भईरहेको कलाकारहरुले बताएका छन् । यस कार्यका लागि प्रतिष्ठानको केन्द्रसंग समन्वय भईसकेको बताईएको छ ।

कामाता स्थित खुशी बजारमा हुन गईरहेको उक्त भेलामा जापानबासी समस्त लोक तथा दोहोरीगीतसंग सम्बन्धित गायक, गायिका, गीतकार, संगितकार, भिडियो निर्देशक, मोडल लगायतका सबै कलाकारहरुलाई उपस्थितिको लागि अपिल गरिएको छ ।***

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित