शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अनलाईन निर्वाचन प्रकृयामा कुनै समस्या नरहेको निर्वाचन समितिका संयोजक ओम गुरुङले बताउनु भयो ।

आईतबार सम्पन्न एनआरएनए जापानको निर्वाचन पछि पराजित केही पदाधिकारीले निर्वाचन धाँधली भएको तथा पुनः मतदान गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा सन्देश लेखेको प्रति आपत्ति जनाउँदै समितिका संयोजक गुरुङले यस्तो बताउनु भएको हो । गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै समिति माथि लागेको आरोपको खण्डन गर्नु भएको छ ।

उहाँले सेप्टेम्वर ३ तारिखका दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचन प्रक्रिया पूर्णतः अनलाईन मार्फत भएपछि केही समस्या देखाएर पराजित भएका मध्ये केही उम्मेदवारले विभिन्न रुपमा अर्नगल प्रचार गरेको भन्दै खण्डन गर्नु भएको हो ।

गुरुङले सामाजिक संजालमा अभिव्यक्ति दिने उम्मेदवारलाई आफ्नो नाममा भएको मतदानको प्रमाण भए प्रमाण सहित आउन आग्रहसमेत गर्नु भएको छ । विज्ञप्तिमा केही उम्मेदवारले निर्वाचन समितिका पदाधिकारीहरुलाई फेसबुक लगायतका सामाजिक संजालमा तथानाम गालीगलौज गरेको भन्दै यस्तो नगर्न आग्रह समेत गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठः निर्वाचन परिणाम घोषणा-

 

तपाईको प्रतिक्रिया