शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

Books

काठमाडौं – शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने भएको छ । सामुदायिक र सार्वजनिक पुस्तकालयबीच अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादव निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनम प्रत्येक जिल्लाबाट कम्तीमा एक सामुदायिक र सार्वजनिक पुस्तकालयको सहभागिता हुने छ । सम्मेलनबाट नेपालमा रहेका सामुदायिक र सार्वजनिक पुस्तकालयको यकिन तथ्यांक पनि आउने छ । अहिले नेपालमा कति पुस्तकालय छन् भन्ने तथ्यांक नभएको उपसचिव समेत रहनुभएका निरौलाले बताउनुभयो ।

अहिले करिब एक हजारको संख्यामा पुस्तकालय रहेको बताइए पनि वास्तविक कति रहेको छन् भन्ने थाहा हुन सकेको छैन । सम्मेलनमा पुस्तकालयका समस्या पहिचान गरी राज्यका तर्फबाट गर्नसक्ने सहयोग पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया