बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – एप्पल विश्वकै एक प्रतिष्ठित र लोकप्रिय ब्रान्डमा पर्छ । बर्तमान समयमा आइफोनको क्रेज विश्वमा नै छ ।

कुनै पनि नयाँ मोडलका आइफोन बजारमा आउँदा त्यो विश्वमै चासोको विषय बन्छ । आइफोनका हरेक नयाँ मोडल सार्वजनिक भएसँगै अर्को मोडल कस्तो आउने हो भन्नेमा समेत चर्चा सुरु हुन्छ । एप्पल कम्पनीले सेप्टेम्बर १२ मा आइफोन ८ बजार ल्याउने भएको छ ।

आइफोन सेभेन पड्किएको दाबी कतिपय प्रयोगकर्ताहरू गर्न थालेपछि सेभेनमा भएका कमजोरीहरू समेत हटाई आइफोन ८ ल्याउने तयारी एप्पल कम्पनीले गरेको हो । एप्पल कम्पनीले आइफोन ८को लन्चका लागि अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स अडिटोरियममा एक कार्यक्रमको आयोजना गर्ने छ ।

त्यहाँको स्थानीय समयअनुसार मध्यान्ह १२ बजे आइफोन ८ को लन्चको कार्यक्रम सुरु हुने जनाइएकोछ । आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले विज्ञापन तथा प्रेस क्षेत्रलाई समेत जानकारी दिन थालिसकेको छ । अत्याधुनिक प्रविधि सहितको आइफोन ८ मा मानवीय अनुहार समेत पहिचान गर्न सक्ने प्रविधि तथा एज टु एज डिस्प्ले समेत प्रयोग गरिने एप्पल कम्पनीको दाबी छ ।

आइफोन ८ को मुल्य १ हजार डलर पर्ने छ । उक्त दिन आइफोन ८ का साथमा एप्पल कम्पनीले अन्य ३ मोडलका फोनहरू समेत सार्वजनिक गर्ने छ । त्यस मध्ये एप्पल कम्पनीको आकर्षक उपहारका रूपमा आइफोन ८ लाई लिइएको छ ।

तपाईको प्रतिक्रिया