बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो-गैरअावासीय नेपाली संघ जापानकाे नयाँ कार्यसमिति २०१७-२०१९ काे निर्माणार्थ बनेकाे निर्वाचन समितिले निर्वाचन प्रकृया सम्बन्धि सूचना जारी गरेकाे छ ।

भाेलि ३ तारिक अाइतवारका दिन अनलाइन भाेटिङमार्फत सम्पन्न हुन गइरहेकाे निर्वाचनमा विहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्न सकिने सूचनामा उल्लेख छ । निर्वाचन समितिका संयोजक अाेम गुरूङद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन सम्बन्धि नियमावलीहरू समेटिएका छन् ।

अाईफोन, एन्ड्राेइड फोन तथा कम्प्यूटरबाट मतदान गर्न सकिनेछ । मतदाताहरूकाे सुविधालाई मध्यनजर गरेर एउटा अाइपी ठेगानाबाट अधिकतम ५ जना मतदाताहरूले मतदान गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

त्यसैगरी इन्टरनेट तथा कम्प्यूटरकाे पहुँच नहुने मतदाताहरूकाे लागि एनअारएन जापानकाे १३ क्षेत्रमा निर्वाचन समितिले कम्प्यूटरकाे व्यवस्था गरेको बताएको छ । त्यसो त उक्त ठाउँमा भने दिउँसाे १ बजेदेखि ६ बजेसम्म सेवा लिन सक्नेछन् । निर्वाचन समयावधि भर निर्वाचन कार्य बिथोल्ने खालको कुनै पनि कृयाकलाप गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ । क्षेत्रीय निर्वाचन केन्द्र वा सामाजिक संजालमा मतदातालाई नकारात्मक प्रभाव पार्ने कुनै पनि विचार राख्न पाइने छैन । यदि कुनै उमेदवारले यस्ता गतिविधि गरेमा उमेदवारी खारेजी गर्न सकिने समेत समितिद्वारा प्रेषित सूचनामा भनिएकाे छ ।

मतदान समयावधि सकिएपछि निर्वाचन समितिले मतगणना गरी पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदानको नतिजा सेप्टेम्बर ४ तारिख (सोमवार) गैर नेपाली संघ जापानको वेबसाइट तथा संचारमाध्यम मार्फत सार्वजनिक गरिने याेजना रहेकाे सूचनामा उल्लेख छ ।***

मतदान गर्नकाे लागि यहाँ जानुहाेस् ।
निर्वाचन सम्बन्धि जानकारीकाे लागि यहाँ जानुहाेस् ।
अाइडी पासवर्ड परिवर्तन गर्नको लागि यहाँ जानुहाेस् । 
अाइडी नम्बर हेर्नकाे लागि यहाँ जानुहाेस् । 

समितिद्वारा जारी गरिएको सूचना जस्ताको तस्तैः

तपाईको प्रतिक्रिया