शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गर्भवती महिलाले आफ्नो र बच्चाको  स्वास्थ्यका लागि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । खाने, बस्ने, हिँड्नेदेखि धेरै कुरामा ध्यान दिन जरुरी छ । यस्ता कुरामा ध्यान नदिए आमा र बच्चा दुवैलाई खतरा  हुन्छ । गर्भवती महिलाले औषधि सेवन गर्दा पनि ध्यान दिनुपर्छ । जथाभावी औषधि सेवन गर्दा आमा र बच्चा दुवैलाई खतरा हुने चिकित्सक बताउँछन् ।

औषधि सेवन कसरी गर्ने ?
गर्भवती महिलाले औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

स्वास्थ्यमा कुनै पनि समस्या देखापरे चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

गलत औषधिको प्रयोगले गर्भपतन हुने सम्भावना रहन्छ ।

यस्ता औषधि खतरनाक हुन्छन्

छारेरोगमा प्रयोग हुने औषधि

क्यान्सरमा प्रयोग हुने औषधि

कस्ता समस्या कस्ता समस्या हुन्छन् ?

बच्चा अंगभंग हुने ।

बच्चाको मानसिक विकास नहुने ।

बच्चाको दाँतमा समस्या देखिने ।

बच्चाको मुटुको राम्रो विकास नहुने ।

मुटुमा प्वाल पर्ने ।

जथाभावी औषधिले बच्चाको दिमागको राम्रो विकास नहुने ।

बच्चाको मुखको विकास नहुने ।

बच्चाको तालुमा प्वाल पर्ने ।

हाडजोर्नीको विकास नहुने ।

शिशु लाटो हुने, कान नसुन्ने ।

आँखा नदेख्ने ।

तपाईको प्रतिक्रिया