बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – बहुमूल्य सामग्री सबैको आँखामा परेको हुन्छ । अर्कोतर्फ मोबाइल हराउनुको अर्थ त्यहाँ भएका गोप्य कागजात र अभिलेख गुम्नु पनि हो । तसर्थ, मोबाइलधनीले समयमै सावधानी अपनाउन आवश्यक छ ।

चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ, ताकि फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल ‘साइन इन’ हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ । मोबाइलको सुरक्षाका लागि फुल चार्ज भइसकेपछि चार्जबाट निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ ।

धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । स्मार्टफोनको डिस्प्लेबाहेकको भागलाई पनि उत्तिकै सुरक्षित राख्नु आवश्यक पर्छ । पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ । ब्याक कभरले स्मार्टफोनलाई सुरक्षित र आकर्षक दुवै बनाउँछ । मोबाइल फोनको साइजअनुसार टिपिक्क मिल्ने कभर प्रयोग गर्नुपर्छ । खुकुलो कभर फुत्किने पनि डर हुन्छ ।

स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छ । यस्ता खोलले डिस्प्ले फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ । स्मार्टफोनमा रहेका सन्देश, तस्बिर र अन्य फाइल तथा अभिलेखको रक्षा र गोपनियताका लागि एप लक अनिवार्य मानिन्छ ।

एन्ड्रोइड फोनका लागि एप लक गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । एप लकले स्मार्टफोनमा रहेका सामग्री बाहिर सार्वजनिक वा गोपनियता भंग हुने जोखिम हुँदैन । –एजेन्सी

तपाईको प्रतिक्रिया