शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – जब मानिसका पुर्खाले दुग्धजन्य पदार्थहरु खान सुरु गरे तब मानवजातिको हात तथा बंगाराहरु सानो आकारका तथा कमजोर बन्न थाले ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मान्छेले दुग्धजन्य पदार्थ खान थालेपछि उसको खप्परको आकार पनि घटेको हो । दुग्धजन्य पदार्थको उपयोग पछि मान्छेले सिकारमा निर्भर हुनुपरेन र कोमल चिजहरु मात्र चपाउनु परेपछि उसका बंगाराहरुमा समेत दबाब कम पर्‍यो ।

शोधकर्ताहरुले झण्डै एक हजार वटा मानव खप्परहरुको अध्ययन गरेका थिए । विश्वका विभिन्न भागबाट संकलन गरिएका थिए, ती खप्पर । मानव जातिले कृषिकर्म सुरु गरिसकेपछिको समयका र सिकार युगको समयका मानिसहरुका खप्पर अध्ययनका क्रममा तुुलनात्मक विश्लेषण गरियो ।

अध्ययनबाट शोधकर्ताहरुले निष्कर्ष निकालेका छन्ः जब जब मानिसले कृषिपेशा तथा पशुपालनको प्रविधि विकाश गरी फलफूल तथा सगपात र पशुका दुधबाट बन्ने पदार्थहरुको प्रयोग ठूलो परिमाणमा गर्न थाल्यो तब मानिसको बंगारा खुम्चिँदै गयो र अन्ततः खप्परको आकार पनि घट्न थाल्यो । -एजेन्सी

तपाईको प्रतिक्रिया