मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं –  सम्पूर्ण परिवार स्वस्थ रहन सबैभन्दा पहिला खाना पाक्ने स्थान भान्साकोठा सफा हुनु जरुरी छ । भान्सामा खाना पकाउँदा ग्यासचुलो फोहोर हुनु स्वाभाविक हो । खाना पकाएर खाइसकेपछि चुलो सफा गर्ने समयसम्म प्रायः ग्यासचुलोमा पोखिएका खानेकुरा जमिसकेको हुन्छ । ग्यासमा लागेका खानेकुराका दागलाई सामान्य ट्रिक्स लगाएर सजिलै सफा गर्न सकिन्छ । त्यसैले चिन्ता नलिनुस् अब । सिक्नुहोस् टिप्स, लगाउनुस् ट्रिक्स :

तातो पानी र डिसवास
तातो पानी र डिसवासको प्रयोगले ग्यासचुलोमा जमेको साना दाग सजिलै हटाउन सकिन्छ । पहिला एउटा कचौरामा पानी र डिसवास मिसाएर घोल्नुहोस् । त्यो घोलले एउटा सफा कपडाको प्रयोग गरी ग्यासचुलो पुछ्दा सजिलै दाग हट्छ ।

बेकिङ सोडा र भेनेगर
ग्यासचुलोमा जहाँ दाग रहेको छ, त्यहाँ बेकिङ सोडा छर्कनुहोस् । त्यसको १५ मिनेटपछि दाँत माझ्ने ब्रसले सफा गर्दा सजिलै दाग हटाउन सकिन्छ ।

कागती
ग्यासचुलोमा कालो दाग हटाउन कागतीको रस छुट्टै प्रयोग गर्न सकिन्छ । कागतीको रसमा एसिडिक हुन्छ । त्यसैले, यसले कालो दाग सजिलै हटाउन सक्छ । जलेको ग्यासचुलो राम्रोसँग सफा गरेर चम्काउन चाहनुहुन्छ भने कागतीको बोक्रालाई एउटा भाँडोमा राख्नुहोस् । त्यसको माथिबाट भिनेगर राख्नुहोस् र दुई हप्तासम्म राखिदिनुहोस् । त्यसपछि बनेको पदार्थमा सफा कपडा चोपेर जलेको चुलो सफा गर्दा चम्किलो पार्न सकिन्छ ।

तपाईको प्रतिक्रिया