शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – आख्यानकार, आध्यात्मिक चिन्तक तथा पत्रकार कमल रिजालले बोक्सी प्रथाका नाममा मान्छेले मान्छेको पीडा किन अझै नबुझेको भनी प्रश्न गर्नुभएको छ ।

आफ्नो नवीनतम उपन्यास ‘दृष्टिभ्रम’ सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रममा उहाँले मानवमा रहेको दृष्टिभ्रमले नै बोक्सी प्रथा रहेको हो भन्दै यसको उपचारका लागि मानिसले आफ्नो आँखा उघार्नुपर्ने र पीडितले प्रहरी, प्रशासन र न्यायालयमा उपचारका लागि आफूलाई पुर्याउनुपर्ने जवाफ पनि दिनुभयो ।

कार्यक्रममा महिलाअधिकारकर्मी रीता साह, लेखक डा अर्चना थापा र मानवाधिकारकर्मी मोहना अन्सारीले उपन्यासले आजको जल्दोबल्दो समस्यालाई उजागर गरी समाधानको बाटो पनि देखाएको बताउनुभयो । अधिकारकर्मी मीना शर्माले बोक्सी, दाइजो र छाउपडी तथा मासिक धर्मप्रति प्रथामा शिक्षित व्यक्तिमा नै दोहोरो धारणा रहेकामा आलोचना गर्नुभयो ।

सांग्रिला बुक्स प्रालिबाट प्रकाशित अनुसन्धानमा आधारित सो उपन्यासमा ११ खण्डमा विभाजित छ । ‘गोरखापत्र’कर्मी रिजालका यसअघि ‘सुकर्म’ र ‘पृथा’ उपन्यास प्रकाशन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया