बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – साहित्यकार प्रा रामप्रसाद दाहालद्वारा लिखित ‘युरोपको यात्रा अक्षरको खेती’ नामक कृति सार्वजनिक भएको छ ।

जर्मनी, इटाली, फ्रान्स, स्वीट्जरल्याण्ड र अष्ट्रियालगायत युरोपका विभिन्न मुलुकको यात्रालाई समेटिएको सो कृतिको परशुराम-शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठान परिवारद्वारा यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गर्नुभयो ।

कृति सार्वजनिक गर्दै मन्त्री बस्नेतले संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न लेखक, साहित्यकार, बुद्धिजीवीलगायत सबैसँग आग्रह गर्नुभयो । सो अवसरमा प्रतिष्ठानले मन्त्री बस्नेतलाई सम्मानसमेत गरेको थियो । परराष्ट्रविद् डा मधुरमण आचार्यले नेपालको संविधानलाई अन्य छिमेकी मुलुकबीचको छलफलको विषय बनाउन नहुनेमा जोड दिनुभयो ।

पुस्तकका लेखक प्रा दाहालले विदेशी भूमिमा बस्नेको पनि जीवनप्रतिको आशा, कर्मशील, लगनशील र सिर्जनात्मकतालाई अनुभूति गरेर कृतिमा समावेश गरिएको छ भन्नुभयो । यसैबीच लेखक प्रा दाहाललाई माया नेटवर्क युकेले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया