शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – मोबाइल चलाउनेहरूले त्यसलाई सही तरिकाले चलाएको पाइँदैन । हजारौँ मूल्यमा किनिएको मोबाइल उचित स्याहार गरी चलाउन नसक्दा गम्भीर समस्या उत्पन्न हुन सक्छ । त्यस कारण मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने केही महत्वपूर्ण टिप्स यस्ता छन् :

मोबाइल स्लो चलेको खण्डमा अफ गरेर खोल्नुपर्छ ।

मोबाइलमा पानी पसेमा सबैभन्दा पहिले ब्याट्री निकाल्नुपर्छ । त्यसपछि उक्त सेटलाई घाममा सुकाउनुपर्छ । त्यति गरेर पनि नभए राम्रो टेक्निसियनसँग सर्भिसिङ गराउनुपर्छ ।

मोबाइल नेटवर्कको समस्या बढी मात्रामा पुरानो सिमलाई काटेर प्रयोग गर्दा हुने भएकाले सकेसम्म नयाँ सिम प्रयोग गर्नुपर्छ ।

मोबाइल सेट बढी मात्रामा तातिरहेमा ब्याट्री निकालेर चेक गर्नुपर्छ ।

मोबाइललाई कहिल्यै पनि सिरानीमुनि राखेर सुत्नु हुँदैन । यसले आगलागी हुने वा मोबाइल बढी तात्ने गर्छ ।

मोबाइलमा ब्याट्रीको चार्ज चेक गर्दा कहिल्यै पनि जिब्रो लगाएर चेक गर्नु हुँदैन । यसरी चेक गर्दा ब्याट्रीको पातामा कार्बन जम्ने वा पातामा खिया लाग्ने गर्छ । जसको कारण मोबाइल चार्ज नहुने वा मोबाइल बन्द भइरहन सक्छ ।

मोबाइलमा जहिल्यै पनि १५ प्रतिशतभन्दा तल चार्ज देखाएमा पुनः चार्ज गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया