शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – कार्यबाहक प्रधानमन्त्री एवंम उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने बताउनु भएको छ । सरकारले दुईवटै चुनाव मंसिर १० मै सम्पन्न गर्ने घोषणा गरिसकेको अवस्थामा उहाँले भने निर्वाचन दुई चरणमा गर्ने बताउनु भएको हो ।

मंसीर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने कार्यबाहक प्रधानमन्त्री गच्छदारले स्पष्ट पार्नुभयो । अब तत्काल दोस्रो चरणको निर्वाचनको मिति समेत घोषणा गर्ने तयारी गरिएको उहाँको भनाई छ । निर्वाचन आयोगले समेत यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने अडान राख्दै आएको छ ।

नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष समेत रहेका उनले बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै मंसिर २५ गते भित्र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो ।  कार्यबाहक प्रधानमन्त्री गच्छदारले असोज २ गते प्रदेश नं. २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा कुनै शंका नगर्न आग्रह समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया