बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने भएको छ । राजधानीको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको पदाधिकारी बैठकले चुनावमा सहभागि हुने निर्णय गरेको महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

राजपालाई समेत सहभागी गराउन भन्दै सरकारले दुई नम्बर प्रदेशमा निर्वाचन बारम्बार सार्दै आएको थियो । संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत भएपनि राजपाले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । राजपाको आधार क्षेत्र मानिएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । राजपाले संविधान सशोधन विधेयक संसदबाट असफल भएपनि सरकारका तर्फबाट गर्नुपर्ने कामबारे दबाब मुलुक कार्यक्रम जारी राख्दै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

बैठकमा बोल्ने अधिकांश पदाधिकारीले मन्त्रिपरिषदबाट गर्नुपर्ने काममा दबाब दिदैं निर्वाचनमा सहभागी हुनुपर्ने संयोजक महन्थ ठाकुरको प्रस्तावमा सहमति जनाएका थिए । यसअघि राजपाले संशोधन विधेयक निर्णयार्थ पेश गर्न माग गर्दै परिणाम जे सुकै आएपनि निर्वाचनमा सहभागी हुने बताएको थियो ।

तपाईको प्रतिक्रिया