बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – एउटै गीतमा ४ फरक संगीत र ४ फरक गायक-गायिकाको स्वरमा रहेको ‘यो जुनीमा बाचुन्जेलसम्म’को दोस्रो म्युजिक भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ ।

नीरप्रसाद गुरुङको शब्द र संगीत रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन गुरुङ चलचित्रका निर्देशक प्रितम गुरुङले गर्नुभएको हो ।पोखराको फेवाताल, लेक साइड आसपासमा शुटिङ गरिएको म्युजिक भिडियोमा गुरुङ फिल्मका नायिका अनुता गुरुङ र कलाकार निराजन प्रधानको अभिनय रहेको छ ।

सन्तोष कोन्मे गुरुङको सम्पादन र सिनेमाटोग्राफरमा तयार म्युजिक भिडियो दर्शकहरुले मन पराउनेमा निर्माता नीरप्रसाद गुरुङ आशावादी हुनुहुन्छ ।

 

https://www.youtube.com/watch?v=IvATtNuIloc

तपाईको प्रतिक्रिया