शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दिने भारत भ्रमणमा जानु अघि नेता निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको हो ।

यसअघि निधिले सरकारमा उपप्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिसक्नु भएको छ । कांंग्रेसका मुख्य सुचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाले ५ दिनका लागि निधिलाई कार्यवाहक सभापति तोक्नु भएको उल्लेख छ । यस्तै कांग्रेसले हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) अमृत अर्याल (मोरङ) र ध्यानगोविन्द रञ्जितलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गर्नु भएको छ । समितिको सदस्यमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया