बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – अमेरिकाले रुस र चीनका केही कम्पनीमाथि उत्तर कोरियालाई सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएको छ । ति कम्पनीले उत्तरलाई आणविक हतियार कार्यक्रममा सहयोग पुर्‍याएको अमेरिकाको दावी छ ।

अमेरिकि वाणिज्य मन्त्रालयले उत्तर कोरिया माथि थप दबाब दिन पछिल्लो कदम चालेको आकंलन गरिएको छ । चीनले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

१० वटा कम्पनी र ६ जना व्यक्तिमाथि प्रतिबन्ध लगाइएको हो । ती कम्पनीले अमेरिकामा कुनै पनि व्यवसाय गर्न पाउने छैनन । प्योङ्गयाङ्गले पछिल्लो समय गरेको लगातारको मिशाईल परिक्षणका कारण कोरियाली प्रायद्धिपमा तनावको अवस्था कायमै छ ।

तपाईको प्रतिक्रिया