शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

ईटाली – नेपाली कलाकार संघ ईटालीले हरितालिका तीजको अवसरमा साँस्‍कृति कार्यक्रम गर्दै बाढीपडितको लागि रकम संकलन गरेको छ। नेपालमा विपत परिरहँदा प्रवासमा रमाईलो गर्न नहुने तर्क चलिरहेकै वेला कलाकार संघले भने केही घन्टामा डेढलाख रुपैयाँ भन्दा वढि रकम​ संकलन गरेको ​​हो ।

उक्त संकलित रकम यथाशिघ्र धुर्मुस सुन्तली फाउन्डेसनमा जम्मा गर्न लागिएको कलाकार संघका सचिव झिमनारायण चापागाईँले जानकारी दिनुभयो। भुकम्पपिडितहरुको लागि नमुना घर वनाएर ख्याति कमाएको उक्त फाउन्डेसनले वाढिपिडितहरुको लागि राहत विरतण गरिरहेको छ।

कार्यक्रमलाई संवोधन गर्दै एनआरएन ईटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले परोपकार र सांसारीक जिवनालाई सँगै लिएर गएमात्र जीवनको लक्ष प्राप्त हुनसक्ने बताउनुभयो।

कार्यक्रममा एनआरएन ईटालीका भुतपूर्व उपाध्यक्ष हरीभक्त काराखेती तथा अनेकस ईटालीका संरक्षक भिन सुनुवार तथा ईटाली भ्रमणमा रहनुभएका व्यवसायी अग्नी पौडेलले आफ्नो विचार राख्भनुएको थियो।

कार्यक्रममा रोमनिवासी महिलाहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया