शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ ।

काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो ।

मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पुर्याउन सेटिङ गरेको स्रोतले बतायो । मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो ।

अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो ।

तपाईको प्रतिक्रिया