शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

झापा – झापाको गौरादह नगरपालिका- ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ ।

केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बाघ देखिने गरेको सूचना आएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एक महिनादेखि त्यहाँको चिया बगानमा बाघ देखिएको खबर आएकाले अनुसन्धान गरिरहेका छौँ । चितुवा पनि बाघजस्तै देखिने भएकाले त्यो बाघ नभई चितुवा पनि हुनसक्छ ।”  रातको समयमा निस्केर वस्तुभाउ मार्ने र दिनको समयमा बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बस्ने गरेकाले यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी राम ढुंगेलले बताउनुभयो ।

सो क्षेत्रमा देखिएको बाघले क्षति गर्न थालेकाले वन कार्यालय, सीमा सुरक्षा बल, इलाका प्रहरी कार्यालयलगायतको टोलीले बाघ समाएर सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको गौरादह– ७ का वडा अध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया