शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी भइरहेको छ ।
आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिनुभयो । महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व सम्हाल्ने गरि रस्साकस्सी देखिन्छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।
पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् । मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया