शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024


काठमाडौ – नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ)को अध्यक्षमा सुमनप्रसाद पराजुली सर्वसम्मत चयन हुनु भएको छ ।
यूनिट्राभको १२ औं राष्ट्रिय अधिबेशनले पराजुलीको अध्यक्षतामा २४ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । जसमा उपाध्यक्षहरु मिलनकुमार तामाङ, अम्मर बहादुर तामाङ र टिकादेवी गर्वुजा रहनु भएको छ । यस्तै, महासचिव रामबहादुर श्रेष्ठ, उपमहासचिव तुलसीप्रसाद सुवेदी, सचिवहरु फुडोमा शेर्पा र खिलानाथ दाहाल चयन हुनु भएको छ । सदस्यहरुमा लाक्पा शेर्पा, मिङमा ग्याल्वो शेर्पा, विकास लामा, पदमबहादुर श्रेष्ठ, कालुमान मगर, निर्मा राई, मनबहादुर तामाङ, बाशुदेव भण्डारी, दमे शेर्पा, प्रशान्त ढुंगाना, उमेश अधिकारी, दिनेशकुमार कार्की, गायत्री सापकोटा, हिमाल कुमार उप्रेती र उमा भट्टराई चयन हुनु भएको छ ।
अधिबेशनले प्रतिनिधि परिषद् प्रमुखमा श्यामकुमार राई, उपप्रमुखमा त्रिलोचन अधिकारीका साथै छिरिङ शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ ।
निर्वाचित भए लगत्तै अध्यक्ष पराजुलीले बिद्यमान पर्यटन तथा हवाई क्षेत्रमा देखा परेका श्रमिकका समस्याहरु व्यवसायी र मजदुर दुवैपक्ष मिलेर वार्ताको टेबुलबाट समाधान गर्न तत्पर रहनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

तपाईको प्रतिक्रिया