बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

डडेल्धुरा – डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।
जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो । पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

तपाईको प्रतिक्रिया