शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गएको साता आएको बाढी र पहिरोका कारण दाङको एक बाढी प्रभावित बस्ती सम्पर्क विहीन छ। बबई गाउँपालिका १ (साविको पुरन्धारा गाविस ९)को गंगटे र आसपासको बस्ती एक सातासम्ममा पनि सम्पर्कमा आएको छैन। गंगटे बस्ती बाढी गएको एक साता सम्म पनि सम्पर्क विहीन अवस्थामा रहेको छ।
दाङको विगट बस्ती मध्ये पर्ने गंगटे क्षेत्रमा बाढीका कारण एक सय बढि घरहहरु प्र्रभावित भएको अनुमान गरिएको छ। तर सम्पर्क नहुँदा यथार्थ अवस्था बुझ्न कठिनाई भएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए। पौडेलले एक नम्वर वडा अध्यक्ष सहितको टोलीलाई कार्य क्षेत्रमा खटाएको भएपनि बाढी र पहिरोको कारण सञ्चार, विद्युत, सडक अबरुद्ध हुँदा कुनै पनि विवरण र अवस्था आउन नसकेको बताए। उनले अहिले सम्म त्यो ठाउँमा राहत समेत पुर्याउन कठिनाई भएको बताए।
अध्यक्ष पौडेलले भने, ‘गाउँपालिकाको सबै भन्दा बढि क्षति भएको वडा त्यही हो। तर अहिलेसम्म कुनै काम गर्न सकेनौं, प्रारम्भिक राहत समेत पुग्न सकेको छैन।’ गाउँपालिकाले गर्न चाहेर पनि गंगटेको लागि केहि गर्न नसकिएको उनले बताए। गंगटे समम पुग्न गाउँपालिकाबाट २ दिन लाग्छ भने बाटो पनि कठिन रहेको छ। पुरन्धाराबाट गंगटे पुग्न बबई नदी र अन्य स्थानीय खोलाहरु गरेर २ दर्जन बढि स्थानबाट जोखीमपूर्ण रुपमा वारपार गर्नु पर्ने अवस्था रहेको छ। अध्यक्ष पौडेलका अनुसार बबई गाउँपालिकको विकट गंगटेसम्म कुनै पनि राहात पुग्न सकेको छैन भने त्यहाँको वास्तविक अवस्था समेत थाहा हुन सकेको छैन।
‘बबई नदी र खहरे खोलाका कारण स्थानीयहरु प्रभावित भएको भन्ने खवर छ तर कुन अवस्था र कस्ता छन भन्न सकिने अवस्था छैन’, गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘सडक बिग्रदा र समस्या हुदा गंगटे सम्पर्क विहीन अवस्थामा रहेको छ।’ गंगटेलाई सम्पर्कमा ल्याउन प्रयार गरिएको र सम्पर्कमा आए स्थानीयस्तर मै गएर राहात उपलब्ध गराउने तयारी गरिएको बताए।

तपाईको प्रतिक्रिया