शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो-जापानको गुन्माकेनस्थित एक सेन्माेन गाक्काेमा अध्ययनरत २८ वर्षीय नेपाली विद्यार्थी अनिता गौतम अाफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । नेपालको ईटहरी घर भई चार वर्ष अगाडि अध्ययनकाे लागि जापान आएकी गौतम अाफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।  गुन्मा केनको मायाबासी बस्दै आएकी गौतम ओमोते नासी सेनमोन गाक्कोमा अध्ययनरत रहेको र गौतम आफ्नै कोठामा झुण्डिएको अवस्थामा आज विहान फेला परेको बताइएको छ । उनी शुक्रवारदेखि नै साथीहरूसँगकाे सम्पर्कबाट बाहिर थिइन् ।

गुन्मा प्रहरीले उनको शबलाई पोष्टमार्टमको लागि अस्पताल लिएर गएको गुन्माबाट भेषराज न्यौपानेले समुद्रपारिलाई जानकारी दिए ।***

तपाईको प्रतिक्रिया