शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

जापान – गल्कोट समाज जापानले रौतहट जिल्लाको विकट बस्ती मिठुहवाबासीका बाढीपीडितहरुलाई शनिबार साँझ राहत सामाग्री बितरण गरेको छ ।

करिव ५ लाख मुल्य बराबरको राहत सामाग्री त्यहाँका पीडितहरुलाई बितरण गरिएको हो ।

प्रतिकुल मौसम र यातायातको पर्याप्त असुबिधाका बाबजुद पनि गल्कोट समाज चितवनको ब्यवस्थापन र युवा समाजसेवी दिपेश पुनको पहलमा सहयोगराशी ५ लाख बराबरको राहत सामाग्री बितरण गरिएको गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले समुद्रपारिलाई बताउनुभयो ।

समाजले तराईका बाढिपीडितहरुका लागि तत्काल सहयोग राशी संकलन गरी पहिलोचरणको राहत सामाग्री बितरण गर्ने ब्यवस्था मिलाएको हो ।

गल्कोट समाज जापानले पुनः अभियान चलाएर दोस्रो चरणको राहत बितरणका लागि पनि पहल गरिने महासचिब सम्मर बस्नेतले जानकारी दिनुभयो ।

स्मरणरहोस् गल्कोट समाजले यसअघि महाभूकम्पका बेलामा पनि पीडितहरुका लागि राहत सहयोग पठाएको थियो ।***

तपाईको प्रतिक्रिया