शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा नेपालीहरुको लगानीमा पहिलो म्यानपावर कम्पनी (हाकेन कम्पनी) सञ्चालनमा ल्याइएको छ । तोचिगी प्रान्त तोचिगी सिटीमा ३ नेपाली युवाको संयुक्त लगानीमा एसएमएस कर्पाेरेशन नामको म्यानपावर कम्पनी सञ्चालनमा ल्याइएको हो ।

कम्पनीमा काभ्रेका महेश लुइटेल, ताप्लेजुङका सुरेन अधिकारी र भक्तपुरका श्याम खडकाको संयुक्त लगानी रहेको छ । सञ्चालकका अनुसार जापानमा नेपाली-इन्डियन रेष्ट्रुरेन्ट, रेमिटेन्स, हलालफूड, स्कूल, सुपरमार्केट जस्ता व्यवसायमा नेपालीहरुले लगानी गरेको भएपनि म्यानपावर कम्पनी भने सम्भवतः यो पहिलो हो ।

कम्पनीले सञ्चालन गर्दै आएको एसएमएस हाकेनले जापानीज तथा कामगर्ने अनुमतिपत्र लिएका विदेशीहरुलाई विभिन्न कम्पनीमा काम लगाउने गरेको छ । जापानमा नेपालीहरुको संख्या बढेसंगै उनीहरुलाई आवश्यक पर्ने कामको व्यवस्थापन गर्ने उदेश्यले म्यानपावर कम्पनी सञ्चालनमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक महेश लुइटेलले बताउनुभयो । उहांका अनुसार हाल कम्पनीबाट औषतमा प्रतिमहिना ३ सय जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये ८० प्रतिशत संख्या नेपालीहरुको उहांले बताउनुभयो ।

तोचिगी प्रान्तमा सबैभन्दा बढि जनसंख्या रहेको तोचिगी सिटीमा रहेको कम्पनीले तोचिगी अन्तर्राष्ट्रिय केन्द्र र तोचिगी नेपाली समाजसंग मिलेर जापानको कानुन र जिवनशैलीको बारेमा जनचेतना जगाउने काम पनि गरिरहेको छ । आगामी वर्ष सन् २०१८ बाट जापानका विभिन्न प्रान्तमा शाखा विस्तार गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया