शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रुपन्देही – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर–२ का २० वर्षका मनोज हरिजन, नवलपरासीको बञ्जरीया–५ का २५ वर्षका बिन्दाकुमारी कामी र नवलपरासीको सरावल गाउँपालिका–१ का १८ वर्षका जगजीवन बिक पक्राउ परेका हुन् ।

उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया