शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भारत– भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मुजफ्परनगरको खतौल नजिकै भएको दुघएटनामा अन्य ८५ जना घाइते भएका छन् ।

पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् ।

घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । रेलका अरु झण्डै दुई हजार यात्रुलाई बसमार्फत गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया