बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उहाँको मृत्युबारे जानकारी गराएको हो ।

गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला पर्नुभएको थियो ।

अस्पताल पुर्याउने बित्तिकै उहाँलाई मृत घोषणा गरिएको थियो ।दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र

क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्ति गरिसक्नुभएको छ । वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया