बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

जनकपुर –  जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि संचालनमा आउने भएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलापुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । रेलमार्ग पुननिर्माण गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा संचालन गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालको एकमात्र जनकपुर–जयनगर रेलमार्ग पाँचबर्षदेखि पूर्ण रुपमा बन्द थियो । जयनगरदेखि विजुलापुरसम्मको ५१ किलोमिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको रेल विभाग साइट कार्यालय जनकपुरले जनाएको छ ।

सिमरासम्म रेल पुग्दै

जयनगरदेखि विजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहेपनि विजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ ।

एन्जिनियर विनोद ओझाका अनुसार केही जग्गा अधिग्रहरण भइसकेको र केही प्रक्रियामा रहेको छ ।

तपाईको प्रतिक्रिया