मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ७ स्थायी घर भई हाल जापानको टोकियोमा रेष्टुरेन्ट व्यवसाय गर्दै आउनुभएका ५६ बर्षिय किसन केसीको निधन भएको छ । उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी रोगले ग्रसित हुनुहुन्थ्यो ।

विगत २ महिनादेखि उपचार गराईरहनुभएका केसीको टोकियो स्थित तेइसिन अस्पतालमा उपचारकै क्रममा शनिवार अपरान्ह निधन भएको हो । उहांको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको वामी सेवा समिति जापानका अध्यक्ष कृण्णप्रसाद सापकोटाले समुद्रपारिलाई बताउनुभयो । केसी वामी सेवा समिति जापानका अभिभावक परिषद सदस्य समेत हुनुहुन्थ्यो । उहाँकी श्रीमती र ४ जना छोरा यही जापानमै हुनुहुन्छ ।

यसैविच वामी सेवा समिति जापानले एक शोक बक्तव्य जारी गर्दै केसीको निधनबाट अपुरणीय क्षति भएको भन्दै मृतात्माको चिर शान्तिको कामना समेत गरेको छ ।
मृतक केसीको यही अगस्त २१ तारिख अन्त्येष्टि गरिने तय भएको वामी सेवा समिति जापानका सल्लाहकार सुरेस केसीले जानकारी दिनुभयो । उहाँले समय अनुकुल हुने सबैलाई अन्त्येष्टिमा सहभागी भइदिन पनि अनुरोध गर्नुभएको छ ।

अन्त्येष्टि हुने स्थान र समय बारे जानकारी :
मिति : २०१७ अगस्त २१ तारिख सोमबार
स्थान : टोकियो माचिया साईजो
समय: दिनको ठिक ३ बजे

तपाईको प्रतिक्रिया