मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रप’ जापानले आयोजना गर्न लागेको दुईदिने ‘तीज महोत्सव २०१७’को तयारी पूरा भएको छ । समुहले अगस्त २० तारिक आइतबार र २२ तारिक मंगलबारका दिन आयोजना गर्न गर्ने महोत्सवको तयारी पूरा भएको हो ।

नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा आयोजना गरिएको तीज महोत्सव २२ तारिकका दिन नाकानो जेरो हल र २२ तारिकका दिन मेगुरो कुमिन सेन्टरमा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार २० तारिकको कार्यक्रम औपचारिक हुने छैन भने २२ तारिकका दिन औपचारिक कार्यक्रम गरिने भएको हो । यस्तै दुईदिने ‘तीज महोत्सव २०१७’मा सहभागि हुन गायिका सीता केसी नेपालबाट जापान आइपुग्नु भएको छ ।

‘तीज महोत्सव २०१७’बाट संकलन भएको रकम नेपालका बाढीपीडितलाई सहयोग गरिने आयोजक नेपाली महिलाहरुको समूहका संयोजक स्मृति आचार्यले बताउनुभयो । उहाँले कार्यक्रममा सहयोग र सहभागिताका लागि जापानवासी नेपालीलाई आग्रह समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया