शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – वेष्ट इन्डिजसँगको पहिलो टेस्टको पहिलो पालीमा इंग्ल्याण्ड बलियो अवस्थामा पुगेको छ । एलेस्टर कुकको दुई सय ४३ रनको मद्दतमा इंग्ल्याण्डले ८ विकेटको क्षतिमा पाँच सय १८ रन बनाएर पाली समाप्तीको घोषणा गरेको छ ।

त्यसपछि पहिलो पालीको ब्याटिङ थालेको वेष्ट इन्डिजले पहिलो दिनमा एक विकेटको क्षतिमा ४४ रन बनाएको छ । इंग्ल्याण्डका नायक बनेका कुकले चार सय सात बलमा ३३ चौकाको मद्दतमा दुई सय ४३ रन बनाएका हुन् ।

यस्तै कप्तान जोए रुटले पनि एक सय ८९ बलमा २२ चौकाको मद्दतमा एक सय ३६ रनको योगदान दिए । वेष्ट इन्डिज र इंग्ल्याण्डबिच दुई टेस्ट, एउटा ट्वेन्टी ट्वेन्टी तथा पाँच एक दिवसीय खेल हुनेछ ।

तपाईको प्रतिक्रिया