शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा नेपाली पोर्तुगिज समाज नर्वेले तीज विशेष दरखाने कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले यहि अगस्त २० तारिख आइतबारका दिन राजधानी ओस्लोमा कार्यक्रमको आयोजना गर्ने भएको हो ।

तीज विशेष कार्यक्रममा कलाकार थानेश्वर गौतम र शकुन्तला थापाको बिशेष सांगितिक प्रस्तुती रहने समाजका अध्यक्ष हरिबहादुर बानियाले जानकारी दिनुभयो । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका गौतम पछिल्लो समयमा सालैजो, रोईला र गजलका माध्यमबाट चर्चामा रहनु भएको छ । साथै उहाँको तीजलाई मध्यनजर बजारमा ल्याएएको ‘आफु त तीजमा पनि गजल गाइनछ’ बोलको गीत पनि चर्चामा छ । कार्यक्रममा लोक दोहोरी गायिका शकुन्तला थापाको पनि सहभागिता रहने अध्यक्ष बानियाले बताउनुभयो ।

अध्यक्ष बानियाका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको विशेष पहल र अन्य नेपाली संघ–संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमबाट संकलन भएको रकममध्ये बचत हुने रकम नेपालका बाढी पीडितलाई सहयोग गरिने कार्यक्रम संयोजक प्रेम परियारले जानकारी दिनुभयो । साथै उहाँले दरखाने कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया