शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सर्वोच्च अदालतले बाढीपीडितका लागि राहत वितरण एकद्वार प्रणाली लागु गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेको छ ।

आज अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न-नराउन आदेश दिएको हो । आदेशमा बाढीपीडितलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न पनि भनिएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले राहत एकद्वार प्रणली लागु गर्ने निर्णय गरेको थियो । अधिवक्ता सुनिल रञ्जन सिंहले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया