बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं –धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ।

मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समूहका बालबालिका रहेका जनाइएको छ। उच्च ज्वरो आउने, रगत वान्ता गर्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रकाश पौडेलले बताउनुभयो ।

‘ज्वरो आएर अस्पताल आएको हुन्छ, हामीले डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एकरदुई घण्टामै उनीरुको मृत्यु भईहाल्छ, त्यसकारण हामीले अहिलेसम्म रोगबारे थाहा पाउन सकेका छैनौ,’ उहाँले भन्नुभयो । परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भएकाले के रोग हो भन्ने पहिचान गर्न नसकिएको चिकित्सक बताउँछन्। भाइरल हेमोरेजिक फिभर हुनसक्ने डाक्टर पौडेलको भनाई छ।

साउन १५, २४, ३१ र भदौ १ गते ती बालबालिकाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए। रोगबाट मृत्यु हुनेमा राजु कार्की इटहरी–१० सुनसरी, प्रितीकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७ का रहेका छन्।

तपाईको प्रतिक्रिया