बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

चितवन – पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्मा बिहिबार चितवन पुग्नुभयो । चितवनको रत्ननगर ५ स्थित बाढी प्रभावित सुकुम्बासी बस्तीमा उहाँ पुग्दा स्थानीयहरु हर्षित थिए ।

केहि दिनअघिको बाढीका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थानीयलाई राहत बोकेर पुजा बिहिबार बिहानै राजधानीबाट चितवन पुग्नुभएको हो । उहाँले सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

म यस्तो गीत गाउँछु नायिकाबाट त्यहाँका करिब ६० घर सुकुम्बासीहरुले राहत पाएका छन । पुजा आफ्नै हातले बाढी पिडितहरुलाई राहत हस्तान्तरण गरिरहँदा भावुक देखिनुभएको थियो ।

घरहरु अझै हिलाम्य छन, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ – पुजाले सुनाउनुभयो । सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने उहाँसँगै राहत बोकेर पुग्नुभएका निर्देशक सुदर्शन थापा बताउनुहुन्छ ।

चलचित्र म यस्तो गीत गाउँछु सफल भएपछि चर्चामा रहेका नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बाढीपिडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाऊ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु बितरण गरेका हुन । गत साउन २८ गते राप्ति नदिमा भीषण बाढि आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेका थिए ।

तपाईको प्रतिक्रिया