शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे ।

लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् । बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

नारायणी नदीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेका छन् । करिब १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताउनुभयो ।

बर्सेनी डुबान र जमिन कटान गरेको गुनासो नेपाली र भारतीय प्रशासनलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए । –

तपाईको प्रतिक्रिया