बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ ।

बिहीबार अख्तियारले आफ्नो कार्यलयमा पत्रकार सम्मेलन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको हो ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस मागे तत्काल १०७ नम्बर डायल गरेर आयोगमा उजुरी गर्न सकिने छ । अख्तियारले पाइलट फेजमा उपत्यकाका पाँच कार्यालयमा टोल फ्रि नम्बरको होडिङ बोर्ड र स्टिकर राख्ने भएको छ ।

अख्तियारले मालपोत कार्यालय, यातायात व्यवस्था विभाग, नापी कार्यालय, नगरपालिकाको नक्सा शाखा र श्रम विभागमा सेवाग्राहीले देख्ने स्थानमा टोल फ्रि नम्बरको बोर्ड र ढोकाढोकामा स्टिकर राख्ने भएको हो ।

तपाईको प्रतिक्रिया