बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको कोर्टमा छाडेर स्वदेश फर्कनुभएको छ ।

उहाँको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि नयाँ ढोका खोलेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ । भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमाुराजनीतिक शैलीमा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरु बताउँछन् ।

वाङ ग्वाङजाओ–वाङडोङ मोडलका एक प्रमुख अभियन्ता हुनुहुन्छ । उहाँ निकै शक्तिशाली र महत्वपूर्ण नेताका रुपमा चीनमा उदाइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया