मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाण्डौं – गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालीन राहत बितरण गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आफूहरुलाई प्रत्यक्ष रुपमा राहत वितरण गर्ने वातावरण मिलाइदिन आग्रह गरे वमोजिम गृहमन्त्री जनार्दन शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रित भइ राहत वितरण गरिदिन आग्रह गरेको हो ।
गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंसा गर्दै सप्तरी जिल्लामा राहत वितरण गरिदिन आग्रह गर्नु भएको एनआरएन प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी वक्तव्यमा जनाइएको छ । अध्यक्ष घलेले करीब दुई करोड बराबरको राहत वितरण गरिने र त्यसको लागि हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको बताउनु भयो । एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्रीसमेत वितरण गर्ने तयारी गरेको छ ।
मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया