शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो- नेपाल आदवासी महासंघ जापानद्वारा आयोजित २३ औ विश्व आदिवासी दिवस नागोयामा सम्पन्न भएकाे छ । टोयटाकाे सेताे सामुदायिक हलमा १६ तारिक भएकाे उक्त कार्यक्रममा विभिन्न एकल जातीय संघसंस्थाहरूकाे सामुहिक झाँकी नृत्यहरू प्रस्तुत गरिएकाे थियाे ।

महासंघकाे सह-अध्यक्ष उज्वल लिम्बुकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे थियाे । उपस्थित अतिथिहरूले २३ अाैं अादिवासी दिवसकाे उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुका साथै विश्वमा पिछडिएका जातिहरूकाे सामाजिक संस्कृति, समस्या र चुनाैतीहरूकाे बारेमा अा-अाफ्नाे विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरू कर्म दाेङ तामाङ, मिरा दर्लामी मगर र इएमई ग्रुपका कलाकारहरू अाशिष लामा र काजाेल दर्लामी लगायतले अा-अाफ्नाे प्रस्तुतीहरू प्रस्तुत गरेका थिए । ***

तपाईको प्रतिक्रिया