शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रौतहट – रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिनुभएको छ ।
त्यो पनि गाउँलेले दिएका हुन् ।

उहाँको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहनुभएको छ । चार दिन बितिसक्यो नत सरकार आयो न त कुनै संघसंस्था उहाँले दुखेसो पोख्नुभयो चामल धान, गहुँ र कपडा सबै बगायो, अब बाँच्ने आधार छैन ।

बाढीले उक्त वडाका १ सय परिवार विस्थापित भएका छन् । गाउँमा नयाँ मान्छे आउनेबित्तिकै राहत पाउने आसमा झुम्मिहाल्छन् उनीहरु ।

तपाईको प्रतिक्रिया