शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अमेरिका  – अमेरिकाले पाकिस्तानको कश्मीरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचिमा राखेको छ ।

अमेरिकाले पाकिस्तानी संगठन हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा गरेर उसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको विदेश विभागले मुजहिद्दीनलाई आतंकवादी संगठनमा राखिएको घोषणा गर्दै अमेरिकी वित्तिय संस्थामा रहेका यो संगठन तथा यसका नेताको सम्पती रोक्का गरिएको तथा कारोबारमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

 

यस्तै मुजाहिद्दीन विरुद्धको कारवाही अभियानमा अमेरिकी सुरक्षाकर्मी तथा अरु सरकारी निकायको सहयोग मिल्ने पनि उल्लेख गरिएको छ । मुजाहिद्दीनले पाकिस्तान प्रशासित कश्मीरमा आफ्नो गतिविधि चलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया