बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – छोरीको जन्मदिनका लागि खर्च हुने रकमको जोहो गरेर अस्ट्रेलियाको जिलोङ निवासी एक दम्पत्तिले बाढी पीडितलाई सहयोग गरेका छन् ।
लुम्बिनी, कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एवं दिदी/बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन मनाउन जोहो गरेको रकम तराईका बाढी पीडितलाई सहयोग गरेका हुन् । साथै, उनीहरुले अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अवसरमा आयोजना गर्न लागेको पार्टीसमेत स्थगित गरि सहयोग गर्न लागेको जनाएको छ । उनीहरुले विज्ञप्ति मार्फत राष्ट्रिय शोकका कारण दुबै कार्यक्रम रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गरेको जनाए ।
यस अघि उनीहरुले पूजा श्रेष्ठ र पुरक श्रेष्ठको नामबाट लुम्बिनी गेट अभियानको लागि पनि अस्ट्रेलियाबाट रकम सहयोग गरिएको थियो । उक्त रकम धुर्मुस/सुन्तली फाउण्डेशन मार्फत सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया